काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षाजन्य विपद्पछि महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य शिविर र सचेतना अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मन्त्रालयले आवश्यक सचेतनासहित शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । “विपद्पश्चात फैलिनसक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य र उपयुक्त स्थानमा…