विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू सहभागी छन् । कोरियाली सरकारको लुपिक प्रोजेक्टको सहकार्यमा जनता आदर्श बहुमुखी क्याम्पसमा बी एडमा विशेष आवश्यकता शिक्षाको…