जनकपुर । धनुषाको सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् । दुई वर्ष अघि ११ हजार भोल्टेजमा झुण्डिएको सुविसु इन्टरनेटकोे तारमा टाँस्सिएर अकालमै ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्यायको गुहार लगाउँदै भौतारिरहेकी छन् । ०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको…