काठमाडौं । सभामुख देबराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी कानुनी अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको विश्वास जित्नको लागि मात्र नभई आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले महत्वपूर्ण भूमिका निर्वाह…