काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति समुदायका लागि माओवादीले लिएको राजनीतिक नेतृत्वलाई भूल्न नहुने बताएका छन् । उनले आयोगको समस्या समाधान गर्न आफूले वातावरण निर्माण गरिरहेको पनि उल्लेख गरे । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आदिवासी जनजाति आयोगको ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको,…