काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अभियन्ताहरुले नागरिकता लिनका लागि सरकारले व्यवस्था गरेको चिकित्सकीय प्रमाण पत्र हटाउन माग गरेका छन् । नागरिकतासँग सम्बन्धित मस्यौदा कानुन र नीतिहरुमा राखिएका ‘चिकित्सकीय प्रमाणपत्र’ सम्बन्धी प्रावधानहरु हटाउन माग गरेका हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ’हृयुमन राइट्स वाच’को सहयोगमा ब्लु डाइमन्ड सोसाइटी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघले…