काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् ।…