काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा सुधार गर्दै कृषि प्रणालीलाई रासायनिक मल र विषादीमा आधारित मोडेलबाट जैविक अर्थात् पर्यावरणीय कृषितर्फ रूपान्तरण गर्न सरकारलाई आह्वान गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी अभियानले हालको कृषि रणनीति, योजना तथा नीतिमा थप स्पष्टता, सुधार र परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै…