काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको पदमुक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। त्यस अनुसार…