झापा । यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेको अलैँचीको मूल्य अहिले केही घटेको छ। नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालका अनुसार हाल किसानबाट प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा खरिद भइरहेको छ। व्यवसायीहरूले किसानबाट ‘जेजे’ र ‘चालू’ गरी दुई किसिमको अलैँची खरिद गर्दै आएका छन्। जेजे अलैँची प्रतिमन एक लाख रुपैयाँमा र…