काठमाडौं । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको हो । नेपाल प्रहरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९…