Logo

एमाले महाधिवेशन: उपाध्यक्षमा युवराज र सचिवमा प्रदीपले गरे उम्मेदवारी दर्ता

काठमाडौं । एमालेको उपाध्यक्ष पदमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ । आइतबारसम्म सर्वसम्मतीमा पदाधिकारी चयन हुने भनिएपनि निर्वाचनमा जाने भएपछि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको हो । महाधिवेशन अन्तर्गत अहिले चुनावी प्रक्रिया सुरु भएको छ ।