Logo

उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशनबाट उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्ने समयावधिमा तीन जनाको मात्रै उम्मेदवारी परेको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले पनि पदाधिकारीको सूचीमा तीनै जनालाई समेटेका थिए ।