Logo

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : नेता महतो

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे । उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए ।…