Logo

मनोरञ्जन

दयाहाङ राई : शिक्षक हुँदै डिग्री माइला



काठमाडौं । अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे । तर, करियर अभिनयलाई नै बनाए । उनले न त सिकाई, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै । कुनै समय स्कुल पढाए । अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मार्फत यही शुक्रबार अर्थात् चैत ३० देखि दर्शकमाझ आउँदैछन् ।

दयाहाङकै भनाईमा कलेज र डिग्रीको महत्व पनि थाहा नभएर उनले डिग्री पुरा गरेनन् । ‘सुरुमा संगीत र पत्रकारिता पढियो । तर कलेज के हो अथवा डिग्री के हो भन्ने तिर ध्यान गएन । सायद मलाई त्यसको महत्व थाहा नभएर पनि होला । मलाई साहित्य, कलाले नै बढी आकर्षण गर्यो । अनि त्यतैतिर मोडिएँ’, दयाहाङ भन्छन् ।

दयाहाङ २०५८ सालसम्म राजनीतिमा नै सक्रिय थिए । तर त्यो सक्रियता धेरै समय टिकेन । कारण थियो, साहित्य र कलाप्रतिको झुकाव । ‘खासमा साहित्य र कलाप्रतिको आकर्षणलाई सहयोग पु¥याउनकै लागि मैले पत्रकारिता पढे जस्तो मात्र गरेको हुँ’, दयाहाङ हाँस्दै भन्छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ४२ बजे