काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ग्रासरुट लेभलमा शिक्षाको गुणस्तर सुधारमा ध्यान नदिँदा शिक्षाको स्तर खस्किदै गएको बताएका हुन् । आफूले चलाएका संस्थाहरुका लागि शिक्षक नपाउँदा…