Logo

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित २४ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय टेकुको टोलीले गोरखाको सिरानचोक गाउँपालिका–९ का २४ वर्षीय स्वरुपराज दवाडीलाई काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार दवाडीले बोकेको झोलाबाट ४० लाख रुपैयाँ बरामद भएको हो। बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।…