Logo

माओवादीबाट निलम्बित कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

काठमाडौं । पार्टी हित विपरित कार्य गरेको भन्दै माओवादी केन्द्रबाट निलम्बनमा परेका कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेका छन् । विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरे । विष्टसँगै अन्य १५० नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जानकारी दिएको छ ।