काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खर्च कटौतीको नमूना स्वरुप मन्त्री परिषदको खाजा खर्च कटौती गरिदिएका छन् । ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने तर्क गर्दै प्रधानमन्त्रीले आज बिहानको मन्त्रीपरिषद बैठक सकिनै लाग्दा खाजा खान तयार भएका मन्त्रीहरु र मुख्य सचिवलाई हिस्स पारिदिएका थिए । खर्च कटौतीकै उदाहरण प्रस्तुत गर्न तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पनि मन्त्रीपरिषदमा खाजा…