काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरु फेरबदल गर्ने आन्तरिक तयारी सुरु गरेका छन् । सत्तारुढ गठबन्धन दलका नेतृत्वलाई दाहालले आफू मन्त्रीहरु हेरफेर गर्ने तयारीमा लागेको सूचना दिइसकेका छन् । तर गठबन्धन दलका नेताले राष्ट्रिय सभा निर्वाचनअघि हतार नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको थाहा भएको छ । आज मंगलबार राष्ट्रिय सभा निर्वाचनको प्रसंगमा…