Logo

मुख्य समाचार

हावाहुरीसहित हल्का वर्षाको सम्भावना



काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल कोशी प्रदेश र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन /चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ४५ बजे