Logo

मुख्य समाचार

उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध



काठमाडौं । अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी ट्रेजरी विभागका अनुसार, ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरुको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरु खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ ।

विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले दुई रसियाली र तीन रसियामा आधारित संस्थाहरूलाई दुई देशहरूबीच हतियार स्थानान्तरणमा सहजीकरण गरेको प्रमाण फेला पारेको छ ।

यो निर्णयलाई उत्तर कोरियाको राजधानी प्योंगयांगको हतियार व्यापारमा प्रतिवन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषदको विविध प्रस्तावहरूको उल्लङ्घनको रूपमा लिईएको थियो ।

ती दुई व्यक्तिहरू अलेक्से बुडनेभ र राफेल अनातोलेभिच गजारियन हुन् । ट्रान्स क्यापिटल लिमिटेड कम्पनी, राफोर्ट लिमिटेड कम्पनी र टेक्नोलोजिया कम्पनी पनि प्रतिवन्धमा परेका छन् ।

‘यो कारबाहीले रुससँगको उत्तर कोरियाको गहिरो सैन्य सहयोगलाई बाधा पु¥याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले भने ।

अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियार र अन्य सामग्रीको ढुवानीमा सहयोग पु¥याउन खोज्नेहरूलाई जवाफदेही बनाउन कारबाही जारी राख्ने नेल्सनले बताए ।

रूसले पहिले नै युक्रेन विरुद्ध उत्तर कोरियाद्वारा उत्पादित ४० वटा ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिसकेको मिलरको दाबी छ ।

उनले दुई देशबीचको गहिरो सम्बन्धले विश्व सुरक्षा र अन्तर्राष्ट्रिय अप्रसार शासनको लागि व्यापक खतरा निम्त्याउने बताए ।

‘हामी रुस–उत्तर कोरियाबीचको साझेदारीको अवस्थालाई रोक्न सबै उपयुक्त कदमहरू चाल्नेछौं र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीसँग सामेल हुन आह्वान गर्नेछौं’ मिलरलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले लेखेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ३१ बजे