काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीपीडितको समस्याको व्यवस्थित समाधान गर्ने प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा उनले सहकारीका लाखौं निक्षेपकर्ताहरू ठगीका कारण प्रताडित भएकोमा उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन भनेका हुन् । ‘सहकारीको समस्या छिटो समाधान नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका…