काठमाडौं । कम्बोडियामा अलपत्र परेका दुई नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई शुक्रबार काठमाडौं ल्याइएको हो। दूतावासद्वारा जारी विज्ञप्तिमा एक महिला र एक पुरुषलाई लामो समयदेखि कम्बोडियामा अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरिएको उल्लेख छ। उनीहरूलाई २०८२ साल जेठ ९ गते नेपाल फर्काइएको दूतावासले जानकारी दिएको छ। दूतावासले…