काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ । सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहसचिब एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार…