Logo

ललितपुरमा पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध

काठमाडौं । ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाएको छ । पछिल्लो समय विभिन्न स्थानका पानीमा हैजाको जिवाणु फेला परेपछि ठेलामा पानीपुरी चटपटे बेच्न प्रतिबन्ध लगाइएको हो । ठेलाका पसल बाहेक अन्यमा भने प्रतिबन्ध नलगाइएको बताइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि ठेलामा पानीपुरी, चटपटे बेच्न नपाइने महानगरले जनाएको छ ।