काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको…