इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए । छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र कोशी प्रदेशमा हुने तस्करी नियन्त्रणका साथै सुरक्षाको अनुभूत हुनेगरी काम गर्न निर्देशन नै…