काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे । उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट…