Logo

कांग्रेसको संसदीय दलको बैठक ल्होत्से हलमा जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो । सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको यो पहिलो बैठक समेत हो । कांग्रेस संसद्‌मा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।