काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसंग काठमाडौँमा शुक्रबार भएको भेटका क्रममा नेता डा. कोइरालाले पर्यटन विकासबाट मात्रै प्रदेश समृद्ध बन्न सक्ने भन्दै आगामी बजेटमा पर्यटनको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका हुन्…