देउखुरी (दाङ) । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (आज) बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुईजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको…