भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरूको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सूर्यविनायकको क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले नि:शुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गर्दै भविष्यमा शिविर आयोजना गर्न माग गरेका छन् । कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँंदा…