लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिकामध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ । गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो । स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७ दशमलव चार अङ्क प्राप्त…