सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण…