Logo

समाचार

कोरोना संक्रमणबाट एकजनाको मृत्यु, थपिए १२१ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो । मंगलबार पनि एकजना संक्रमितको मृत्यु भएको थियो ।

आज दुई हजार ३७७ जनाको कोरोना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको छ । ८१ जना निको भएका छन् । काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना आइसियु र तीनजना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म ४४५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको दर बढ्दै गर्दा मन्त्रालयले खोप लगाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : २८ बजे