नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पु¥याउन निःस्वार्थ भावले काम…