काठमाडौं । वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला खोलिएको छ ।
आठ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीले पुस १३ गतेदेखि सो कक्षमा ताला लगाएका थिए ।
आठ कर्मचारी संगठनका प्रतिनिधि र न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकसँगको सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।
सहमतिमा हालसम्म बाँकी रहेको कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने उल्लेख छ ।
त्यस्तै, आगामी वैशाखबाट सो भत्ता तलबसँगै नियमित भुक्तानी गरिने र कोभिडकालका आठ महिनाको भत्ता समेत यसअघिको सहमतिअुनसार हुने भनिएको छ ।
अस्पताल ट्रेड युनियनले राखेका विभिन्न मागका सम्बन्धमा पनि आवश्यक छलफल गरी सम्बोधन गरिने सहमतिमा उल्लेख छ ।
प्रतिक्रिया