रामेछाप । रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ ।वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविर तथा टोल टोलमा स्वास्थ्य सेवा घरदैलो कार्यक्रममा सेवा लिनेहरूको उपस्थितिले आयुर्वेद उपचार प्रतिको नागरिक आकर्षण देखाएको हो ।चिकित्सालयले शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालन गरेको…