काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो । राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य…