काठमाडौं। नेपाली बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ५०० रुपैयाँले बढ्दै दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको…