काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वमा उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सरकारले खुला रुपले स्वीकारेर प्रयोगको वातावरण बनाउन तयार रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित पहिलो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन –२०२४ को उद्घाटन गर्दै मन्त्री पुनले नेपालको सूचना प्रविधि क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने राम्रा र महत्वपूर्ण आधारहरु रहेको…