Logo

सुनको मूल्य बढ्दो क्रममा

काठमाडौं । आज असोज ६ गते मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ ।असोज १ गतेदेखि सुनको मूल्यले निरन्तर  ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।   मंगलबार तोलामा ३०० रुपैयाँले बढेर सुनको मूल्यले एक लाख ६५ हजार ९०० रुपैयाँको रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।