काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै गएको छ। बिहीबार (असोज २३) तोलामा १ हजार २ सय रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च दर हो। बुधबार (असोज २२) सुनको मूल्य तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो। असोज १२…