काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायलाई राजीनामा पत्र बुझाएका हुन् । बरालले व्यक्तिगत र घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि आफूलाई बरालले राजीनामा दिन लागेको बताएको जानकारी दिए…