काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्।…