काठमाडौं । यो साता पनि कारोबारको पहिलो दिनमै शेयर बजार ओरालो लागेको छ । गत साता २२४ दशमलव ८९ अंकले घटेको शेयर बजार यस साता पनि पहिलो कारोबार दिन नै ओरालो लागेको छ । आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २७०० बिन्दुभन्दा तल अर्थात् २६९५ दशमलव ९३ अंकमा झरेको छ ।