काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट र क्रेडिट कार्डमार्फत ईएमआई सुविधा उपलब्ध गराइने भएको छ। यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार एक्सरे सेवाबाहेक, बैंकका ग्राहकहरूले समाज डेन्टल अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड र…