काठमाडौं । बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरूलाई नगद जरिवाना लगाएको छ। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई २–२ लाखको दरमा नगद जरिवाना गरिएको हो। प्राधिकरणले गरेको स्थलगत निरीक्षणका क्रममा यथेष्ठ मात्रामा कैफियत फेला परेपछि स्पष्टीकरण सोधिएको थियो। चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि प्राधिकरणले नगद…