जनकपुर । जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा निलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो । जनकपुरधामका एक व्यापारीले उक्त बैंकबाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा निलाम गरेको थाहा पाएपछि विहीबार विहानैदेखि बैंक क्षेत्रमा स्थानीय व्यापारीहरुले…